राजनीति

३ नम्बर प्रदेशमा एमालेका डोरमणि मूख्यमन्त्री बन्ने पक्का

आन्तरिक प्रतिष्पर्धामा अष्टलक्ष्मी शाक्यलार्इ १० मतले हराए पौडेलले

३ नम्बर प्रदेशमा एमालेका डोरमणि मूख्यमन्त्री बन्ने पक्का

काठमाडौं । नेकपा एमाले प्रदेश ३ को संसदीय दलको नेतामा डोरमणि पौडेल निर्वाचित भएका छन् । याे नतिजाले पौडेललाई प्रदेश ३ मा मुख्यमन्त्री बन्ने अवषर मिलेकाे छ ।


शुक्रबार संसदीय दलको नेता चुन्न एमालेले भएको चुनावमा शाक्य र पौडेल प्रतिस्पर्धामा उत्रिएका थिए । मुख्यमन्त्रीमा दावी गर्दै आएका राजेन्द्र पाण्डे निर्वाचन हुने भएपछि यो दौडबाट बाहिरिएका थिए । जसले गर्दा शाक्य र पौडेल चुनावी मैदानमा देखापरे । संसदीय दलको नेता चुन्न भएकाे दलको चुनावमा ५८ मत खसेकोमा पौडेलले ३४ मत पाए भने पार्टी उपाध्यक्ष समेत रहेकी शाक्यले २४ मत मात्र पाइन् ।

 

१० मतले शाक्यलार्इ पछि पार्दै दलको नेता चयन भएपछि पौडेलले लोकतान्त्रिक पद्धति अनुसार चुनाव भएकाले यसलाई सहज रुपमा लिनु पर्ने बताए । एमालेका ५८ सांसद रहेकाे प्रदेश ३ भावी मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले स्थानीय तह र केन्द्र सरकारबीच पुलको रुपमा काम गर्ने प्रतिबद्धता जनाए ।


हेटौँडा नगरपालिकाका पूर्व प्रमुख पौडेल मकवानपुरबाट प्रदेशसभा सदस्यमा निर्वाचित उम्मेद्वार हुन् । ।

 

विशेष