राजनीति

प्रदेश १ बाट शेरधन रार्इ मुख्यमन्त्री बन्ने निश्चित

प्रदेश १ बाट शेरधन रार्इ मुख्यमन्त्री बन्ने निश्चित

मोरङ । एमालेको कुल ५१ सभासदस्य रहेकाे प्रदेश नम्बर एकको एमाले संसदीय दलको नेतामा शेरधन राई निर्वाचित भएका छन्। रार्इले २६ मत ल्याइ प्रतिद्वन्द्वी भीम अाचार्यलार्इ हराएका हुन् । एक मत बदरसहित अाचार्यले २४ मत ल्याएका थिए ।

 

विराटनगरको जिल्ला समन्वय समितिको भवनमा मतदान भएकाे हाे । यो सँगै राई प्रदेश नम्बर एकको मुख्‍यमन्त्री बन्‍ने निश्‍चित भएको छ। पहिलो नम्बर उम्मेदवारी दर्ता गराएका राईका प्रस्तावकमा सुनसरीका जगदीश कुशैयत र समर्थकमा झापाका हिक्मत कार्की थिए।

 

यस्तै, दोश्रो नम्बरमा उम्‍मेदवारी दर्ता गराएका भीम आचार्यको प्रस्तावकमा संखुवासभाका तुलसी न्यौपाने र समर्थकमा पांचथरका गणेश काम्बाङ थिए।

विशेष