राजनीति

प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फ १० लाख मत खेर

प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फ १० लाख मत खेर

काठमाडौं । प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ स्थान प्राप्त गरेका पाँच राजनीतिक दललाई तीन दिनभित्र उम्मेदवारको नामावलीको विवरण पठाउन निर्देशन दिएको छ ।

 

समानुपातिक निर्वाचनतर्फ दलले प्राप्त गर्ने स्थान संख्याबारे आज औपचारिक रुपमा जानकारी दिँदै आयोगले यसअघि बन्दसूचीमा पेश गरिएको नामलाई समानुपातिक र समावेशिताको आधार मिलाएर यही माघ २९ गतेभित्र पठाउन दलहरुलाई पत्रचार गरिएको जनाएको छ ।

 

आयोगका अनुसार समानुपातिकतर्फ नेकपा(एमाले)ले ४१, नेपाली काँग्रेसले ४०,नेकपा(माओवादी केन्द्र)ले १७ तथा राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले छ–छ स्थान प्राप्त गरेका छन् ।

 

प्रतिनिधिसभा सदस्य निर्वाचन प्रणालीतर्फ ४९ दलले बन्दसूची पेश गरेकामा एमाले ९३१,७३,४९४०, काँग्रेस ९३१,२८,३८९० माओवादी केन्द्र ९१३,०३,७२१०, राजपा ९४७२,२५४० र समाजवादी फोरम ९४७०,२०१० ले मात्र राष्ट्रिय राजनीतिक दलको मान्यता प्राप्त गर्न आवश्यक कूल सदर मतको न्यूनतम मत सीमा तीन प्रतिशत कटाएका छन् ।

 

बढी मत एमालेलाई

उक्त निर्वाचनमा कूल सदर मत ९५ हजार ४४ लाख ७७९ रहेकामा सबैभन्दा बढी एमालेले ३३।२५ प्रतिशत मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत वेगेन्द्र शर्मा पौड्यालले जानकारी दिनुभयो । एमाले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ८०, समानुपातिकतर्फ ४१ र राष्ट्रियसभा सदस्यमा २७ स्थान जित्न सफल भएको छ ।

 

समानुपातिकतर्फ सबैभन्दा कम मत ‘हाम्रो पार्टी’ले ४२६ अर्थात् ९०.००४५० प्रतिशत मत प्राप्त गरेको छ । तीन प्रतिशतभन्दा कम मत प्राप्त गर्ने दल ४४ छन् । सदर मतमध्ये नौ लाख ९६ हजार ७२० मत खेर गएको थियो ।

 

समानुपातिक निर्वाचन प्रणालीतर्फ अब एमालेले ३७, काँग्रेसले २०, माओवादी केन्द्रले १६, राजपाले छ र संघीय समाजवादी फोरम नेपालले कम्तीमा पाँच महिलाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने आयोगले जनाएको छ ।

 

राष्ट्रियसभा निर्वाचनको नतिजा सार्वजनिक नभई प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको निर्वाचनमा दलले प्राप्त गर्ने स्थान संख्या औपचारिक रुपमा सार्वजनिक गर्न नमिल्ने जनाउँदै आएको आयोगले बिहीबार राष्ट्रियसभाको निर्वाचनको नतिजा आएसँगै आज मत परिणाम सार्वजनिक गरेको हो ।

 

निर्वाचनको नतिजा यही पुस ११ नै तयार भए पनि कानूनी अड्चनका कारण आयोगको आजै बसेको बैठकले समानुपातिकतर्फको नतिजा स्वीकृत गरेको हो । आयोग यस वर्ष स्थानीय तह, प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनको जिम्मेवारी सफलतापूर्वक रुपमा गराउन सफल भएको थियो ।
आचारसंहिता हट्यो

 

आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि यही माघ १२ गतेदेखि लागू गरेको निर्वाचन आचारसंहिता आजदेखि हटाउने निर्णय गरेको छ प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवका अध्यक्षतामा आज बसेको बैठकले सो निर्णय गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

 

बैठकले सो निर्णयबारे प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायमा जानकारी दिन सचिवालयलाई निर्देशनसमेत दिइएको जनाएको छ ।

विशेष