एमालेले समानुपातिक सूचीबाट दुई महिलाको नाम काट्यो, कार्की र बलमपाकी आउट
काठमाडौं । एमालेले सांसदका रुपमा बधाई खाइसकेका दूई जनाको नाम काटेको छ । एमालेले प्रतिनिधि सभाको समानुपातिकतर्फ पठाएका दुई महिलाको नाम काटिएको हो। एमालेले महिलाको नाम काटेर दुई पुरुषको नाम निर्वाचन आयोगमा पठाएको छ।
खर्स आर्य कोटाबाट शर्मिला कार्की र आदिवासी जनजाति कोटाकी रणकुमारी बलमपाकी मगरको नाम काटिएको छ। कार्कीके ठाउँमा विजय सुब्बा र मधेसी कोटाको एक नम्बरमा रहेका मोतीलाल दुगडको नाम समेटिएको छ।
यसअघि एमालेले दुई जना पुरुष र ३९ महिलाको नाम निर्वाचन आयोगमा पठाइसकेको थियो। राष्ट्रिय सभाको निर्वाचनपछि चार पुरुषलाई समानुपातिकबाट सांसद बनाउन सक्ने अवस्था आएपछि एमाले दुई महिलाको नाम काटेर पुरुषको नाम राखेको हो।