मुख्य समाचार राजनीति

संविधान संशोधनसँगै उपेन्द्रलार्इ मन्त्री बनाउन भारतीय राजदूत बालुवाटारमा

संविधान संशोधनसँगै उपेन्द्रलार्इ मन्त्री बनाउन भारतीय राजदूत बालुवाटारमा

काठमाडौं । सरकार विस्तार र संविधान संशोधनका विषयमा छलफल गर्न वाम गठबन्धन र संघीय समाजवादी फोरमबीच वार्ता भैरहेकाे छ ।बुधबार सिंहदरबारमा बसेको वार्ता सकारात्मक भएको र त्यसलाई निश्कर्षमा पुर्‍याउन थप छलफल हाे ।

 

बैठकमा प्रधानमन्त्री केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, रक्षा मन्त्री इश्वर पोखरेल, फोरमका अध्यक्ष उपेन्द्र यादव र भारतीय राजदूत मन्जिवसिंह पुरी पनि सहभागी रहेको श्रोतले बतायो ।


सरकारमा सहभागी हुन सहमत भएको फोरमले संविधान संसोधनमा लिखित सम्झौताका माग गरेको छ । तर, एमालेले आवश्यक र औचित्यका आधारमा संशोधन गर्न सकिने बताउँदै आएको छ ।

 

मधेशवादी दलको मुद्धाप्रति सरकारको ध्यानकर्षण भएकाले खुल्ला छलफल गर्न एमाले तयार रहेको नेता ज्ञवालीले बताए । यस्तै फोरम नेपालले सरकारमा २ मन्त्रालय र प्रतिनिधिसभाको उप–सभामुख पाउनु पर्ने बताएको छ ।

तर, वाम गठबन्धनले फोरमलाई एक मन्त्री र एक राज्यमन्त्रीसहित उप–सभामुख दिन तयार रहेको बुझिएको छ ।

विशेष