वाम गठबन्धन र फोरमबीच सहमति खोज्ने प्रयास असफल
बालुवाटारमा बसेको वाम गठबन्धन र संघीय समाजवादी फोरमको वार्ता निष्कर्षविहीन टुंगिएको छ । उनीहरु बीच मन्त्रालय भागवण्डामा कुरा नमिलेपछि सहमति हुन नसकेको हो ।
फोरमसँग मन्त्रालय भागवण्डामा कुरा नमिलेपछि आज नै एमाले, माओवादी र फोराबीच सहमति खोज्ने प्रयास असफल भएको छ । वालुवाटार स्रोतका अनुसार फोरमले तीन वटा मन्त्रालय मागेको र वामगठबन्धनले २ वटासम्म दिन सकिने बताएपछि सहमति हुन नसकेको हो ।
तर, बैठकमा सहभागी फोरम नेपालका नेता राजेन्द्र श्रेष्ठले छलफल भएका विषयहरुलाई आफ्नो पार्टीमा पनि आन्तरिक गृहकार्य गर्नुपर्ने भएकाले फेरि बस्ने गरी सकिएको जानकारी दिएका छन् ।
संविधान संशोधनमा लगभग सहमति जुटेको बताउँदै उनले अन्य माग र मुद्दामा सहमति जुट्न बाँकी रहेकाले फेरि बस्ने गरी बैठक बताए ।