राजनीति

प्रधानमन्त्रीका पक्षमा मतदान गर्न एमाले र माओवादी केन्द्रको ह्विप

प्रधानमन्त्रीका पक्षमा मतदान गर्न एमाले र माओवादी केन्द्रको ह्विप

काठमाडौँ । नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)ले अाफ्ना सांसदहरूलार्इ प्रधानमन्त्रीको पक्षमा मतदान गर्न ह्वीप जारी गरेका छन्।

 

अाज संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको दुर्इ दलको संयुक्त बैठकले सबै सांसदलार्इ संसद बैठकमा उपस्थित भएर मतदान गर्न निर्देशन दिएको हो।

 

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने कार्यक्रम छ। उनी यही फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए।

 

संयुक्त संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेकपा(एमाले) संसदीय दलका नेता ओलीले संवैधानिक व्यवस्थानुसार विश्वासको मत प्रदान गर्न ह्वीप जारी गरे। 'सबै प्रतिनिधिसभा सदस्यलाई प्रस्तावको पक्षमा मत दिन ह्वीप जारी गर्दछु,' प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले भने ।

 

दुवै दलले देशलाई सुशासन र आर्थिक समृद्धिको बाटामा अगाडि बढाउने प्रण गरेअनुसार संसद् र सरकार अगाडि बढाउनुपर्ने भएकाले सोही मर्मलाई ध्यान दिन समेत उनले अाग्रह गरे।

 

त्यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनिवार्य रुपमा प्रधानमन्त्रीका पक्षमा मत दिन आफ्नो पार्टीका प्रतिनिधिसभा सदस्यलाई आग्रह गरे। 'जनताको भरोसा र विश्वासलाई व्यावहारिक रुप दिन सबैले प्रधानमन्त्रीलाई विश्वासको मत दिनुहोला,' उनले भने।

विशेष