राजनीति

प्रजातन्त्र मान्ने कांग्रेसको अप्रजातान्त्रिक कदम: संसदीय दलको नेतामा देउवाबाहेक अरु हुनु हुँदैन: प्रधान

प्रजातन्त्र मान्ने कांग्रेसको अप्रजातान्त्रिक कदम: संसदीय दलको नेतामा देउवाबाहेक अरु हुनु हुँदैन: प्रधान

काठमाडौं । नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले पार्टी सभापतिको इच्छा रहेसम्म संसदीय दलको नेतामा अरुको दावी उपयुक्त नहुने बताएका छन् ।

 

पार्टी सभापतिले चाहेसम्म कसैले दलको नेता हात पार्न नसक्ने भन्दै पूर्वरक्षामन्त्रीसमेत रहेका नेता प्रधानले पार्टी सभापतीको इच्छा रहेसम्म दलको नेता उनी नै हुनु स्वाभाविक भएकाे बताएका हुन् ।

 

प्रधानले भने, ‘सभापतीले नै मेरो इच्छा छैन भन्नुभयो भने स्वाभाविक हुन्छ, त्यो समयसापेक्ष पनि हुन सक्छ, यो पार्टीको आन्तरिक चुनाव पनि हो, यसलाइ सबैले स्वभाविक लिनुपर्छ ।’

 

आगामी २१ गते हुने कांग्रेस संसदीय दलको चुनावका लागि सभापती देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहले दावी गर्दै आएका छन । बुधबार वर्तमान महामन्त्री डा शशांक कोइरालाको निवासमा भएको लन्च मिटिङमा नै देउवाले आफ्नो उमेदवारी घोषणा गरिसकेका छन् ।

 

सिटौला समूहका तीन सांसदमध्ये प्रधानसहित अर्का सांसद उमाकान्त चौधरीले पनि दलको नेतामा देउवालार्इ नै रोज्ने सम्भावना छ । तर, अर्का प्रभावशाली मानिने नेता गगन थापाले भने कसलार्इ समर्थन गर्ने भन्ने खुलाएनन् । तर उनी नेतृत्व परिवर्तनको पक्षमा भने बोल्दै आएका छन् ।

विशेष