मुख्य समाचार देश

सलमानको शोविरुद्ध विप्लव माओवादीले दिएकाे चेतावनीले भारत तरङ्गित

सलमानको शोविरुद्ध विप्लव माओवादीले दिएकाे चेतावनीले भारत तरङ्गित

काठमाडाैं । भारतीय अभिनेता सलमान खान ‘द ब्याङ्ग द टुर’का सिलसिलामा फागुन २६ गते नेपाल आउँदैछन् । सलमानका फ्यानहरु उक्त कार्यक्रमका लागि खुट्टा उचालेर बसिरहेका होलान् ।

 

तर, हालै मात्र विप्लव माओवादी निकट एक संगठनले सलमानको शो रोक्न चेतावनी शैलीमा विज्ञप्तिले धेरैको कान ठाडो भएको छ ।

 

विज्ञप्तिमा ‘जबरजस्तिरुपमा कार्यक्रम गरिएमा आइपर्ने परिस्थितिको जिम्मेवार सम्बन्धित पक्ष नै हुने’ उल्लेख छ ।

 

विज्ञप्तिको असर भारतसम्म पुगेको छ । चर्चित भारतीय अखबार हिन्दूस्तान टाइम्सको अनलाइन पोर्टलमा यो समाचारलाई महत्वका साथ प्रकाशन गरिएको छ ।

विशेष