राजनीति मुख्य समाचार

थरुहट संघ संस्थाहरुले रेशम चौधरीलाई सपथ गराउन प्रधानमन्त्रीलाई ज्ञापन पठाए

थरुहट संघ संस्थाहरुले रेशम चौधरीलाई सपथ गराउन प्रधानमन्त्रीलाई ज्ञापन पठाए

धनगढी । थरुहट आन्दोलन हाकेका कैलालीका विभिन्‍न थारु संघ संस्थाहरुले टीकापुर घटनाको मुद्दामा कारागार चलान भएका रेशम चौधरीलाई प्रतिनिधि सभा सदस्यको सपथ ग्रहणको व्यवस्था मिलाउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पठाएका छन्।

 

कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई पठाइएको ज्ञापन पत्रमा रेशम चौधरीलाई निर्वाचन जितेको प्रमाणपत्र दिन र समयमै सपथ ग्रहणको व्यवस्था मिलाउन माग गरिएको छ।

 

टीकापुर घटनापछि फरार रहेका रेशम चौधरीले फरार रहेकै अवस्थामा कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट अध्यधिक बहुमत ल्याएर चुनाव जितेका थिए। तर उनलाई हालसम्म निर्वाचन आयोगले चुनाव जितेको प्रमाणपत्र दिएको छैन।

विशेष