समाज मुख्य समाचार

यसपालीकाे होलीले काठमाडौँमा मात्रै १६० जनालार्इ जेल पुर्‍यायाे

यसपालीकाे होलीले काठमाडौँमा मात्रै १६० जनालार्इ जेल पुर्‍यायाे

काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा होली पर्वका अवसरमा जबर्जस्ती रङ दल्न खोज्ने, लोला हान्ने, पानी छ्याप्ने लगायत अवाञ्छित गतिविधिमा संलग्न भएको आरोपमा काठमाडौँबाट १६०, ललितपुरबाट तीन र भक्तपुरबाट चार जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

 

साथै ट्राफिक नियम उल्लंघन तथा मादक पदार्थ सेवन गरी सवारी चलाएका अवस्थामा ५२३ मोटरसाइकललाई समेत नियन्त्रणमा लिइएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । (रासस)

विशेष