राष्ट्रियसभा अध्यक्षका लागि उम्मेदवारी मनोनयन आज
राष्ट्रियसभा अध्यक्ष उम्मेद्वार उठाउनेबारे कांग्रेसकाे धारण यस्ताे छ
काठमाडौं । राष्ट्रियसभा अध्यक्षका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । संसद भवन नयाँ वानेश्वरमा बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारी दर्ताको समय दिइएको छ ।
उम्मेदवारमाथिको दाबी विरोधपछि दिउँसो साढे १ बजे अन्तिम नामावली प्रकाशन गरिने संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले जानकारी दिए ।राष्ट्रियसभा अध्यक्षका लागि आउँदो फागुन ३० गते चुनाव हुँदैछ ।
प्रमुख सत्तारुढ दल एमाले र माओवादीबीच भएको सहमति अनुसार राष्ट्रियसभाको अध्यक्ष एमालेको भागमा परेको छ । राष्ट्रियसभाको अध्यक्षका लागि एमालेबाट परशुराम मेघी गुरुङ, गणेश तिमल्सिना, खिमलाल भट्टराई, शेरबहादुर कुँवर लगायतको नाम चर्चामा छ ।
५९ जना सदसीय राष्ट्रियसभामा एमालेका २९, कांग्रेस र माओवादीका समान १३ तथा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीका दुई दुई सदस्य रहेका छन्।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सत्तापक्षले कसलाई उम्मेद्वार बनाउँछ भन्ने टुंगो लागेपछि मात्र आफुहरुले उम्मेद्वार उठाउने नउठाउने निर्णय गर्ने बताए । कांग्रेसले उम्मेद्वार उठाएपनि जित्ने सम्भावना छैन् ।