'कार्णालीबाटै फेरि जनयुद्धको तयारी' (भिडियो)
काठमाडाैं । देश संघीयता कार्यन्यनको सुरुवाती चरणमा प्रवेश गर्दा नै प्रदेश राजधानी र नामको विषयमा विवाद झिकिएको छ ।
प्रदेश ६ को सरकारले कर्णाली नाम राखेको छ भने सुर्खेतको विरेन्द्रनगरलाई स्थायी राजधनी तोकिसकेको छ । कर्णाली प्रदेशमा उक्त विषयको विरोध गर्दै सत्तापक्षकै नेता कार्यकर्ता आन्दोलनमा उत्रिएका छन् ।
माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं कर्णाली जन अधिकार मञ्चका अध्यक्ष प्रकाश रोकायाले विगतमा केन्द्र सकारकले कार्णालीलाई पछाडी पारेको भन्दै अहिले प्रदेश सरकारले पनि कर्णालीको जनता भावना खेलबाड गरेको आरोप लगाए ।
कर्णालीकै मानिसले प्रदेशसकार चलाउने अवसर पाए पनि कर्णालीलाई नै वास्था गरेनन् उनले भने, हामी कर्णाली स्वायत्त प्रदेशमा सधै अडिक छु यो डिलो चाडो गरेरै छोड्छु ।
प्रदेश सरकारले बाँके र बर्दियालाई समावेश नगरि सुर्खेतलाई राजधानी तोक्नु विवेकपूर्ण काम नभएको उनी बताउछन् । कसै नेता कार्यकर्तासँग कुनै परामर्श नगरि ठूला भनाउदा नेताले कर्णालीको अस्तित्व धरापमा पर्न खोजेको उनको आरोप छ ।
आफूहरुले कार्णालीको अस्तित्वलाई जोगाउन कडोर कदम चाल्ने भन्दै सकारले प्रतिकार गरे कार्णालीबाट फेरी जनयुद्धको विजारोपण हुने रोकायाले दाबी गरे । कर्णाली प्रदेश सरकारसँग काम गर्ने लायकको टिम नै नभएको उनको भनाई छ ।
(माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं कर्णाली जन अधिकार मञ्चका अध्यक्ष प्रकाश रोकायासँग कर्णाली प्रदेशमा देखिएकाे विवादकाे बारेमा नेपालआजको स्टुडियोमा लोकेन्द्र भट्टले गरेको अन्तरवार्तामा आधारित ।)
प्रकाश रोकाया