ओलीले जनप्रतिनिधिलार्इ भने: भान्साकाे ढाेका पनि खोल्नुस्
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारका जनप्रतिनिधिको भान्सासमेत गोप्य रहन नहुुने बताएका छन् ।
आफूलाई विश्वासको मत दिने चार दलका प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभा सदस्यहरुको सम्मानमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले जनप्रतितिहरुले आफूलाई नजिकबाट हेर भन्न सक्नुपर्ने बताए ।
उनले अघि भने ‘परबाट हेर्दा सुकिलो देख्यो । यसो नजिक गएर हेर्दा अलिकति भ्रष्टाचार, अलिकति बेइमानी देखियो भने नराम्रो हुन्छ ।’
हरिभक्त कटुवालको कविताभन्दा पृथक ‘मलाई नजिकैबाट हेर, खुला पुस्तकजस्तो छु’ भन्न सक्नुपर्ने उनले बताए ।
ओलीले भने, ‘तपाई जनप्रतिनिधि हो, तपाईको भान्सा गोप्य रहनु हुदैन । भान्छामा कसैलाई पस्न दिन्न भन्नुहुन्छ भने त्यहाँ केही …. (हाँसो) कन्ठी बाँधेको छ तर, मुसा खान्छ कि ?’
नजिकबाट हेर्दा पनि दागरहित हुनुपर्ने भन्दै प्रधानमन्त्री ओलीले भने, ‘म च्यालेन्जका साथ भन्छु, नजिकबाट हेर्नुस्, दाग-धब्बा देख्नुभयो भन्नुस् ।’
उनले आफूले पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने दोहोर्याए ।