यो हप्ताभित्रै मन्त्रिपरिषदलाई पूर्णता दिने प्रधानमन्त्रीको तयारी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यो हप्ताभित्रै मन्त्रिमण्डललाई पूर्णता दिने तयारीमा लागेका छन् । आज संघीय समाजवादीफोरम नेपाल र राष्ट्रिय जनता पार्टीसँग छलफल गरेर मन्त्रिपरिषदलाई पूर्णतादिनेगरि अगाडी बढ्ने जनाइएको छ ।
दुईदललाई दिने मन्त्रालय टुङ्गो लागेपछि मन्त्रिरिषद्ले पूर्णतापाउने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री केपीशर्मा ओलीका राजनितिक सल्लाहकार बिष्णु रिमालले सरकारले मन्त्रालय बढाउने कुनै पनितयारी नगरेको बताएका छन् ।
सरकारमा जाने दल बढेसंगै प्रधानमन्त्रीमन्त्रालय बढाउन लाग्नुभएको भन्ने समाचारको खण्डन गर्दै उनले यसअघि सरकारले गरेको निर्णयमा कुनै परिवर्तन नहुने बताए ।
उनले आगामी एक साताभित्र सरकार विस्तारको काम सम्पन्नहुने दाबी पनि गरे । प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार रिमालले मन्त्रालय व्यवस्थापन र लगातारका चुनावका कारण मन्त्रीपरिषद् विस्तारमा ढिलाई भएको बताएका छन् । प्रधानमन्त्रीले सकेसम्म भोलि नै मन्त्रीमण्डलले पूर्णता दिने तयारी गरेको बताइएको छ ।