राजनीति

पराजुलीको गुनासोः मेराे क्षेत्राधिकार हाइज्याक भयाे

पराजुलीको गुनासोः मेराे क्षेत्राधिकार हाइज्याक भयाे

काठमाडौं । प्रधानन्यायाधीश गोपाल पराजुलीले आफूलाई चारैतिरबाट आक्रमण भएको प्रतिकृया दिएका छन् ।

 

बिहिबार पदबाट राजीनामा दिएसँगै सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने- ‘म सहजै निकास दिने पक्षमा थिएँ, मैले राम्रो काम गर्दागर्दै पनि ममाथि चारैतिरबाट आक्रमण भयो ।’

 

उनले विश्वमा कहिँ नभएको प्रचलनमार्फत न्यायपरिषदले आफ्नो पद हाइज्याक गरेको समेत दाबी गरे । एउटा सचिवले प्रधाननयायधीबारे निर्णय गर्नुले यसको राम्रो नजिर नबस्ने उनको दाबी थियो ।

 

न्यायपरिषदका सचिव नृपध्वज निरौलाले बुधबार प्रधानन्यायाधीश पराजुलीलाई पदमुक्त भएको पत्रचार गरेपछि बिहीबारबाट सर्वोच्च अदालतका बरिष्ठ न्यायाधीश दीपक जोशीले कायम मुकायमको जिम्मेवारी सम्हालेका थिए ।

 

यद्यपी पराजुलीले बिहीबार विहानसम्म आफुू पदमुक्त नभएको भन्दै आफू कार्यालय गएर काम गर्ने बताएका थिए । तर, बिहीबार कायम मुकायम प्रधानन्यायाधीश जोशीले सर्वोच्च अदालतको पेशी सुची समेत तोकेपछि पराजुलीले आफ्नो क्षेत्राधिकार हार्इज्याक भएकाे प्रतिकृया दिएका थिए ।

 

 

 

विशेष