राजनीति विचित्र विश्व मुख्य समाचार

महोत्सवको प्रचारपसारका लागि बिचित्र गुफामा बैठक

महोत्सवको प्रचारपसारका लागि बिचित्र गुफामा बैठक

गुल्मी । गुल्मीमा चैत १६ देखि २५ गतेसम्म सञ्चालन हुन लागेको तेस्रो गुल्मी महोत्सवको प्रचारपसार गर्ने बिहीबार धुर्कोट गाउँपालिका–५, मा रहेको बिचित्र गुफा भित्रै बैठक बसेको छ ।

 

प्राकृतिक रुपमा अत्यन्तै सुन्दर भए पनि प्रचारपसारको कमीले गुफा ओझेलमा परेको भन्दै प्रचारपसार समितिले गुफाभित्रै बैठकको आयोजना गरेको प्रचार संयोजक श्रीप्रसाद भलामीले बताए ।

 

तेस्रो गुल्मी महोत्सव मुल आयोजक समिति गुल्मी उद्योग वाणिज्य संघका पदाधिकारी र धुर्कोट गाउँपालिका जनप्रतिनिधि, संचारकर्मी र स्थानीयहरुको टोली गुफा पुगेका थिए ।

 

टोलीले गुफाको विभिन्न स्थान र त्यसको अवस्थाको अवलोकन गर्नुका साथै आगामी दिनमा गुफाको विकास र समृद्धिका बारेमा छलफल गरेको महोत्सव मुल समिति संयोजक दुर्गाप्रसाद पाण्डेले बताए । टोलीले आगामी दिनमा बिचित्र गुफाको भौतिक संरचना विकासका साथै प्रचारपसारमा अग्रणी भूमिका निवार्ह गर्ने बताएका छन् ।

 

२०४५ सालमा ढेंडु बाँदरलाई लखेट्दै जाने क्रममा उक्त बिचित्र गुफा फेला परेको स्थानीयहरुले बताएका छन् । गुफा पत्ता लागे पनि धेरै समयसम्म गुफाको बारेका प्रचारपसार हुन नसकेका कारण गुफा ओझेलमा परेको स्थानीयबासीको भनाई छ ।

 

पछिल्लो समयमा स्थानीयले समिति बनाएर गुफाको रेखदेख गरेको गुफा संरक्षण समितिका अध्यक्ष युवराज भण्डारीले बताए ।
पर्यटकीय दृष्टिकोणले निकै नै महत्वपूर्ण रहेको त्यो गुफाको उचित संरक्षण र सुरक्षा नहुँदा गुफाभित्र रहेका प्रकृतिक र धार्मिक महत्वसँग गाँसिएका विभिन्न आकृतिहरु चोरी हुने गरेको स्थानीयबासिन्दाले बताएका छन् ।

 

विशेष