राजनीति

यी हुन् अाज थपिने सम्भावित मन्त्रीहरू, ४ बजे सपथको तयारी

यी हुन् अाज थपिने सम्भावित मन्त्रीहरू, ४ बजे सपथको तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । आज हुने विस्तारमा मधेसवादी दल संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीलाई समेत सहभागी गराउन प्रधानमन्त्री ओली जाेड बल गरिरहेका छन् ।

 

तर संघीय समाजवादी भने सरकारमा सहभागी हुन कुनै समस्या नरहेकाे बताइसकेकाे छ  भने राजपालाई पनि सरकारमा ल्याउने  प्रधानमन्त्री अाेली प्रयास गरिरहेका छ । तर, सरकारमा जानबारे राजपामाले कुनै जानकारी गराएकाे छैन् । उनीहरूलार्इ सहभागी गराउँन प्रधानमन्त्री ओली तीन वटा मन्त्रालय थप गरिसकेका छन् ।

 

एमालेबाट को-को बन्दैछन् मन्त्री ?

 

मन्त्रिपरिषद् विस्तारको तयारी गरिरहेका प्रधानमन्त्री अाेली अाफ्नाे दलबाट बन्ने मन्त्रीहरुको नाम टुंगो लगाइएको छैन । तर सचिवद्धय प्रदीप ज्ञवाली, योगेश भट्टराईका साथै भानुभक्त ढकाल, रविन्द्र अधिकारी, छबिलाल विश्वकर्माको सम्भावना देखिन्छ ।

 

यस्तै रघुवीर महासेठ, हृदयेश त्रिपाठी, प्रेम आले, शेरवहादुर तामाङ, बसन्त नेम्वाङ, गोकुल बास्कोटा, यज्ञराज सुनुवार लगायत पनि दावेदार हुन् । एमाले स्थायी कमिटी बैठकले मन्त्री छान्ने जिम्मा अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई नै दिएको छ ।

 

एमालेबाट यसअघि चारजना मन्त्री भइसकेका छन् । १७ मन्त्रालय हुँदा एमालेले १० र माओवादी केन्द्रले ७ मन्त्रालय पाउने सहमति भएको थियो । तर संघीय समाजवादी फोरम र राजपा थपिदा कम्तिमा चार मन्त्रालय उनीहरुले पाउनेछन् ।

 

माओवादीबाट कोको मन्त्री बन्नेछन् ?

 

माओवादीबाट आजको विस्तारमा वर्षमान पुन, शक्ति बस्नेत, गिरिराजमणि पोखरेल र विना मगर पक्कापक्की जस्तै रहेको माओवादीका एक नेताले जानकारी दिए । जनार्दन शर्मा पनि मन्त्रीका दावेदार हुन् ।

 

रामबहादुर थापा बादल गृहमन्त्री र मातृका यादव उद्योगमन्त्री भइसकेका छन् । माओवादीले मन्त्री छान्ने जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिएको छ ।

संघीय समाजवादी फोरमबाट आजै सरकारमा सहभागी हुने तयार भए पनि मन्त्रीका लागि नाम टुंगो लाग्न सकेको छैन ।  स्रोतका अनुसार आजै दिउँसो ४ बजे नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण हुनेछ ।

विशेष