विप्लव नेतृत्वकाे नेकपाले गर्याे भाेली कैलाली बन्दकाे घाेषणा (विज्ञप्तीसहित)
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले भोलि (चैत्र ३) कैलाली बन्दको घोषणा गरेको छ । कैलालीको घोडाघोडी नगरपालिका देउकलियामा फाल्गुन २४ गते बोक्सी आरोपमा राधा चौधरीमाथि भएको कुटपिट घटनामा विवादित मेयर ममताप्रसाद चौधरीमाथि गोली र खुकुरी प्रहार गरेको आरोपमा आफ्ना नेता कार्यकर्तामाथि मुद्दा लगाई प्रहरीले सार्वजनिक गरेको विरोधमा १ दिन कैलाली बन्द घोषणा गरेको हो ।
हिजो चैत्र १ गते दलाल पुँजीवादी सरकारले योङग रेड कोर्सका केन्द्रिय सदस्य क.कमल क्षेत्री, पार्टी जिल्ला सदस्य क. भरत शाह, टिकापुर नगर सेक्रेटरी क. हिर्दय वोगटी, धनगढी उपमहानगर सदस्य क.पुरन खनाल लाई झुट्टा मुद्धा लगाएर सार्वजनिक गरेको छ ।
उक्त सार्वजनिक निर्णय प्रति कैलाली जिल्ला ईन्चार्ज र सेक्रेटरीले सयुक्त हस्ताक्षर विज्ञप्ति निकाल्दै विना सर्त आफ्ना राजनैतिक नेता र कार्यकर्ता लाई रिहाईको अविलम्बन माग गरेका छन्। अन्यथा सबै परिस्थितिको जिम्मेवारी सरकारले लिनुपर्ने बताउदै संघर्षको पहिलो स्वरुप कैलाली बन्दको आव्हान गरेको बताएका छन्।