आज १३ मन्त्री थपिए, यी हुन् थपिएका मन्त्री (मन्त्रीकाे नाम र मन्त्रालयसहित)
काठमाडौं । माओवादी केन्द्रले पाँच मन्त्रीको नाम बुझाएको छ । माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीर्को तर्फबाट मन्त्री हुने पाँच नेताहरुको नाम बुझाएका हुन् ।
माओवादीबाट
वर्षमान पुन – उर्जा तथा जलस्रोत मन्त्रालय
गिरिराजमणि पोखरेल – शिक्षा मन्त्रालय
शक्ति बस्नेत – वन मन्त्रालय
चक्रपाणि खनाल – कृषि तथा सहकारी मन्त्रालय
विना मगर – खानेपानी मन्त्रालय
-------------------------------------------------
नेकपा एमालेले पनि सरकारमा जाने मन्त्रीहरु छानेको छ । पार्टीका नेताहरुसँगको छलफलपछि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले मन्त्रीहरुको नाम टुंगो लगाएका हुन् ।
एमालेबाट
प्रदिप ज्ञवाली – परराष्ट्रमन्त्रालय
गोकर्ण विष्ट – श्रम तथा रोजगार मन्त्रालय
रविन्द अधिकारी – पर्यटन मन्त्रालय
रघुवीर महासेठ – भौतिक पुर्वाधार मन्त्रालय
शेरबहादुर तामाङ – कानुन मन्त्रालय
जगत विश्वकर्मा – युवा तथा खेलकुद मन्त्रालय
गोकुल बास्कोटा - सूचना तथा सञ्चार, राज्यमन्त्री
पदमा अर्याल - स्वास्थ्यराज्यमन्त्री
शेरबहादुर तामाङ- कानुनमन्त्री
यस्तै, लालबाबु पण्डितलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि उनलाई वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको थियो । साथै, गोकुल बास्कोटालाई सञ्चार राज्यमन्त्री बनाउने भएको छ ।
-------------------------------------------------
संघीय समाजवादी फोरम पनि सरकारमा जाने पक्का भएको छ तर शुक्रबारको मन्त्रिमण्डलमा सहभागी भएन। । फोरमले सरकारमा जाने दुई जना मन्त्रीको नाम प्रधानमन्त्री ओलीलाई बुझाइसकेको छ ।
फोरमसँग भागबन्डा गर्न यसअघि कायम गर्ने भनिएको १७ मन्त्रालयबाट तीन टुक्राएर २० मन्त्रालय बनाउने निर्णयमा वाम गठबन्धन पुगेको हो।
संघीय समाजवादी फोरमबाट
उपेन्द्र यादव – सहरी विकास मन्त्रालय
राजेन्द्र श्रेष्ठ – स्वास्थ्य मन्त्रालय लार्इ जिम्मा दिने फोरमले सहमति गरेकाे छ ।