६ घण्टा कुटिएकी राधा सबैका आँखा खुलाउन बोक्सी प्रथाविरुद्धको अभियानमा सहभागी भइन्
काठमाडौं । बोक्सी आरोपमा कैलालीको घोडाघोडी नगरपालिका-५, देउकलीमा ६ घण्टासम्म लगातार कुटपिटमा परेकी युवती बोक्सी प्रथाविरुद्धको अभियानमा सरिक बनेकी छन् ।
स्थानीय २० वर्षीय राधा चौधरी शुक्रबार बोक्सी प्रथाविरुद्धको अभियानमा सरिक भएकी हुन् । ‘मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण अभियान’ ले आयोजना गरेको चेतनामूलक कार्यक्रममा उनी सहभागी भएकी हुन् ।
सोही अवसरमा उनलाई सामूहिक अभिनन्दन समेत गरिएको छ । कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा बाल्दै राधाले आफू निर्दोश भएको बताइन् । ‘म निर्दोश मान्छेलाई कुटपिट गरेर मलाई अपहेलना गर्नु भयो’, उनले भनिन्, ‘मलाई गरिएको यो अभिनन्दनले उहाँहरुको पनि आँखा खुलोस् ।’
त्यस घटनाको बारेमा स्मरण गर्दा उनी ब्यासमै रोएकी थिइन् ।
अभियानका संयोजक गोविन्दशरण उपाध्यायका अनुसार सोही अवसरमा बोक्सीप्रथाविरुद्धको सामाजिक चलचित्र ‘अग्नीदह’ पनि प्रदर्शन गरिएको थियो ।