अाेलीकाे मन्त्रिमण्डलमा किन अटाएनन् याेगेश ?
प्रताप अाेली
काठमाडाैं । याेगेश भट्टराईलाई प्रधानमन्त्री अाेलीले कुनै न कुनै मन्त्री बनाउँछन् भन्ने शतप्रतिशत विश्वास सबैलार्इ थियाे । जब मन्त्री हुनेहरुकाे नामावली सार्वजनिक भयाे त्यहाँ याेगेश समेटिएका थिएनन् ।
एक समय थियाे याेगेशकाे गृह जिल्लामै पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले वाम गठबन्धनबाट मन्त्री बनाउने उद्घाेष गरे । त्याे समय थियाे गत कात्तिक १९ गते । प्रतिनिधि सभाको निर्वाचनको प्रचार प्रसारको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङ पुगेका थिए।
प्रचारका लागि हेलिकप्टरमा तक्मेबजार पुगेका ओलीले वाम गठबन्धनले विकास र समृद्धि ल्याउने भने र याेगेशलार्इ ताप्लेजुङले प्रतिनिधि सभा उम्मेद्वार बनायाे पनि ।
ओलीले भनेका थिए, ‘मैले भनिरहनु पर्ला जस्तो लाग्दैन अब बकाइदा मन्त्री भएर मन्त्रालय चलाएर ताप्लेजुङ बनाउने जिम्मा योगेशको । ओलीको उद्घोषपछि सभामा सहभागिहरुले तालीका ताली बजाएका थिए । हौसिएका ओलीले थप्दै भने, ‘जिताएर पठाउनुस्, मन्त्रीको विल्ला भिराएर पठाउँछु।’
त्याे वेला याेगेशकाे प्रम अाेली यतिसम्म तारिफ गरे की याेगेशलार्इ खुसीकाे सिमा नै रहेन । ‘यस्तो युवा, यस्तो अनुभवी, यस्तो तेज तरार, मैले विश्वास गरेको, यस्तो पार्टीले विश्वास गरेको, देशले विश्वास गरेको’, ओलीले योगेशको तारिफ गरेका थिए।
तर अाज यस्ताे दिन पनि अायाे उनै तारिफका खानी,लयालु मयालु ओलीले आफ्नै नेतृत्वको मन्त्रिपरिषद्मा ‘तेज तरार’ योगेशलाई मन्त्री बनाएनन् । कारण खाेज्दै जाँदा अाेलीकाे राजनीति यसरी प्रष्ट भयाे एमालेमा योगेश माधव नेपाल पक्षका नेता हुन् । एमालेको नवौँ महाधिवेशमा योगेशले माधव नेपाल समूहको प्यानलबाट सचिव जितेका थिए ।
केही दिन अगाडी नेता नेपालले याेगेशका लागि साेच्नुस् भन्दै प्रधानमन्त्री ओलीलाई सुझाएका थिए । तर ओलीले नेपालको भनाईको टेर पुच्छर पनि लगाएनन् ।
एमालेकाे स्थायी समितिमा अहिलेसम्म मन्त्री नभएका एक मात्र सदस्य योगेश नै हुन् । पार्टीको सचिव र मन्त्री पनि नभएको व्यक्ति भन्दै नेता नेपालले योगेशलाई मन्त्री बनाउन ओलीलाई सुझाउँदै अाएका थिए।
अाेलीले किन अस्विकार गरे याेगेश ?
कारण १ : याेगेशकाे एक टिप्पणीले अाेली रिसाएका रहेछन् । त्याे टिप्पणी यस्ताे छ, 'नेल्सन मण्डेला जस्तो सर्वमान्य नेता बन्नेगरि ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कार्यकारी भूमिकाबाट बिदा लिनुपर्छ'
नेकपा एमाले र माओवादी केन्द्रबीच एकताको प्रसङ्ग चलिरहेका बेला राजधानीको एक कार्यक्रममा योगेशले यसरी टिप्पणी गरेका थिए । एक स्रोतका अनुसार ओलीले ‘नेताहरुलाई खुइल्याउने र नेतृत्वलाई नसुन्ने व्यक्ति’ भन्दै योगेशको प्रस्ताव ठाडै अस्वीकार गरिदिएका हुन् ।
कारण २ : राष्ट्रिय सभाको उम्मेद्वार चयनका लागि बसेको एमाले स्थायी समिति बैठकमा उपमहासचिव घनश्याम भुषाल र सचिव भट्टराईले ‘नोट अफ डिसेन्ट’ नै लखेका थिए। प्रदेश ५ मा ठाकुर गैरे र प्रदेश १ मा जगन्नाथ खतिवडालाई राष्ट्रिय सभामा टिकट नदिइएकोमा उनीहरुले असन्तुष्टि व्यक्त गरेका थिए। प्रदेश ५ बाट कोमल वलीले राष्ट्रिय सभामा टिकट पाएकी थिइन्।
कारण ३ : विद्या भण्डारीलाई राष्ट्रपतिको उम्मेद्वारका रुपमा दाेहाेर्याउने प्रधानमन्त्री ओलीले स्थायी समिति बैठकमा प्रस्तुत गर्दा पनि योगेशले आलोचना गरेका थिए। योगेश सहित एमालेका केही नेताहरुले भण्डारीले राष्ट्रपतिको सचिवालयबाट गुट चलाएको आरोप लगाएका थिए।
अहिले याेगेशका यी टिप्पणीबाट रिसाएका अाेलीले याेगेशका ठाउँमा अर्का सचिव गोकर्ण विष्टलार्इ एमालेबाट मन्त्रीका बनाएका हुन् ।