उपराष्ट्रपतिमा नन्दबहादुर पुन पक्का जस्तै
काठमाडौं । उपराष्ट्रपति चुनवाको लागि शनिबार मनोनयन दर्ता हुँदै छ ।
बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको छ । शनिबार दिउँसो चार बजेभित्र उम्मेदवारमाथि दाबी विरोध र उजुरी दिने समय निर्धारण गरिएको छ ।
आइतबार उजुरीमाथि जाँझबुझ गर्ने, उम्मेदवारी फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । उपराष्ट्रपति निर्वाचन भने आगामी चैत ९ गते बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ ।
यसैबीच उपराष्ट्रपतिमा नन्दबहादुर पुन (पासाङ) नै दोहोरिने पक्का जस्तै छ । यसअघि वाम गठबन्धनका उम्मेदवार विद्यादेवी भण्डारी राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि निर्वाचित भइसकेककी छन् ।