राष्ट्रियसभा उपाध्यक्ष: शशिकला र वृन्दाको लडार्इँ
काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्षमा दुई जनाको उम्मेदवारी परेको छ।
माओवादी केन्द्रबाट शशिकला दाहाल र कांग्रेसबाट वृन्दादेवी आलेको उम्मेदवारी परेको हो। राष्ट्रियसभाको उपाध्यक्षकाे निर्वाचन चैत ४ गते हुने भएको छ।
प्रदेश नम्बर २ बाट दाहाल राष्ट्रियसभाकी सांसद भएकी थिइन्। सोही अनुसार दाहाललाई उपाध्यक्षमा माओवादी केन्द्रले सिफारिस गरेको हो।
वाम गठबन्धनको सहमति अनुसार राष्ट्रियसभा उपाध्यक्ष पद माओवादी केन्द्रको भागमा परेको थियो। राष्ट्रियसभाको अध्यक्षमा एमालेका गणेश तिमिल्सिना निर्वाचित भइसकेका छन्।