सर्पकाे विषबारे पत्याउनै नसकिने राेचक तथ्य
सर्पको नाम सुन्नेबित्तिकै हामी डराउने गर्छाै । सर्पबारे केही रोचक तथ्य जुन हामीलाई थाहा नभएको पनि हुन सक्छ । त्यसबारे हामीले यहाँ केही चर्चा गर्न खोजेका छौं ।
१. नेपालमा जम्मा २१ प्रजातिका सर्प पाइने गर्छन ।
२.सर्पको टाउको, ओठ, पिठ्यूँ, पेट आदिको कत्ला र बनावटको आधारमा विषालु र कम विषालु भनेर छुट्याउन सकिन्छ ।
३. गोमन सर्पले एकपटक डस्दा १ सय २० देखि २ सय मिलिग्रामसम्म विष निकाल्ने गर्छ जहाँ मानिसको मृत्यु हुन १२–२० मिलिग्राम काफी मानिन्छ ।
४. करेत सर्पले एकपटकमा ५ देखि २२ मिलिग्रामसम्म विष निकाल्ने गर्छ । यसकाे २ देखि १० मिलिग्राम विष मानिसको मृत्युकाे लागि पर्याप्त बन्छ ।
५. रसेल्स भाइपर सर्पले एक पटकमा १ सय २० देखि २ सय ५० मिलिग्रामसम्म विष निकाल्ने गर्छ, तर मानिसको मृत्यु हुन १५–७० मिलिग्राम भए पुग्छ ।
६. राजगोमन सर्पले सयदेखि–५ सय मिलिग्रामसम्म विष निकाल्ने गर्छ । प्राणीको शरीरमा १२–२० मिलिग्राम मृत्युका लागि पर्याप्त बन्छ ।
७. हर्याै सर्पले एक पटकमा १४ मिलिग्राम विष निकाल्छ । तर मानिसको मृत्यु हुन १०० मिलिग्राम चालिन्छ ।
८. सर्जरी गर्दा रगत बढी नबगोस् भन्नको लागि केही हदसम्म रगत जमाउने गरिन्छ ।
९. सर्पले डसेको बिरामीको उपचारमा रगतको क्लोटिङ हटाउन सर्पकै विष प्रयोग गरिन्छ ।
१०. कोब्राको विषमा भएको इन्जाइमलाइ स्नायुसम्बन्धी रोगजस्तै अल्जाइमरको उपचारमा प्रयोग गरिन्छ ।
११. सर्पको विषको इन्जाइमलाइ स्तन क्यान्सरको उपचारमा प्रयोग गरिन्छ ।
१२. छालाको चाउरीपना हटाउनसमेत सर्पको विष प्रयोग गरिन्छ ।