फोरम बैठक जारी , यस्ता छन् एजेण्डा
काठमाडौं । संघीय समाजवादी फोरमको बैठक बसिरहेको छ ।
पार्टी मुख्यालय तिनकुनेमा बसेको बैठकले सरकारसँग संविधान संशोधनका लागि लिखित समझौता र फोरमबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको बारेमा छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री केपी ओलीले तेस्रो पटक गरिएको मन्त्री मण्डल विस्तारमा सहभागी हुने भनिएपनि संशोधनमा लिखित सहमति नभएको र पार्टीभित्र मन्त्री छनोटमा विवाद भएकाले सहभागी भएको थिएन् ।