समाज मुख्य समाचार

पराजुलीविरुद्धको अपहेलना मुद्दा कामु प्रधानन्यायाधीश जोशीको इजलासमा

पराजुलीविरुद्धको अपहेलना मुद्दा कामु प्रधानन्यायाधीश जोशीको इजलासमा

काठमाडौँ । निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्धको अदालतको अपहेलना मुद्दा कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको इजलासमा पेशी ताकिएको छ।

 

पराजुलीविरुद्ध मनोजकुमार अधिकारीले फागुन २५ गते मुद्दा दायर गरेका थिए। पराजुलीले गरेका कार्यसम्पादनले अदालतको अपहेलना भएको निवेदकको दाबी छ।

 

अधिकारीले डा. गोविन्द केसीलाई आफूविरुद्धको मुद्दा मिलाउन दबाव दिएको भन्दै उनले कानुन व्यवसायीलाई मार्ने धम्की दिएकाेबारे मुद्दा पेश गरेका थियाे ।

 

मुद्दा सर्वोच्च प्रशासनले सुरुमा दरपीठ गरेको थियो। तर, इजलासको आदेशपछि दर्ता अनुमति पाएको थियो । दर्तापछि चैत २ र ४ गते तारेख तोकिए पनि आर्इतबारका लागि सुनुवाइको पेशी तोकिएको थियो।

विशेष