एमाले नेता पाण्डे दिल्ली पुगेर भनेः वाम एकता घोषणा बैशाख ९ गते
नयाँ दिल्ली । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले आगामी बैशाख ९ गते एमाले–माओवादी केन्द्र एकता घोषणा हुने बताएका छन् । भारतको नयाँ दिल्लीस्थित प्रवाशी नेपाली संघ भारतको कार्यक्रमलाई आइतबार दिउसो सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
नेता पाण्डेले वाम एकताबारे आफ्ना सुभचिन्तक तथा कार्यकर्ताहरुका बीचमा यस्तो खुलासा गरेका हुन् । एमाले नेता पाण्डे र पार्टी सचिव योगेश भट्टराई कार्यकर्ताको निम्तोमा अहिले भारतको दिल्लीमा छन् ।
यसबीचमा उनीहरुले अन्तरक्रिया र प्रशिक्षण दिइरहेका छन् । आइतबार दिउसो उनीहरुको सम्बोधन कार्यक्रम नेपालआजले फेसबुक पेजमार्फत लाईभ गरिरहेको छ ।