राजनीति

‘एमाले प्रदेश २ मा पनि सरकारमा जान सक्ने’

‘एमाले प्रदेश २ मा पनि सरकारमा जान सक्ने’

अचानक प्रदेश सरकार र मुख्यमन्त्रीमाथि विश्वास र समर्थन गरेको एमाले प्रदेश २ को सरकारमा जान हतारिएको छ ।


प्रदेश २ एमाले संसदीय दलका नेता सत्यनारायण मण्डलले मधेसको समृद्धि र विकासका लागि एमालेले अहिलेको राजपा–फोरम गठबन्धनलाई सघाएको बताए पनि उनको उक्त अभिव्यक्ति सरकारमा जाने लोलुपता रहेको कतिपय मधेसी दलका नेताको बुझाइ छ ।

 


मण्डलले घुमाउरो पाराले ‘अहिलेको सरकारले सरकारमा आओ भन्यो भने हामी सहयोग गर्न सक्छौं’ सम्म भनेका थिए । यद्यपि सरकारमा जाने या नजाने भन्नेबारे अहिलेसम्म कुनै दलसँग छलफल नभएको मण्डलले बताएका छन् ।

 


उता प्रदेश २ मुख्यमन्त्री लालबाबु राउतले मधेसी गठबन्धनबाटै बहुमत पुगेकाले सरकारमा कसैलाई ल्याउनुपर्ने आवश्यकता नरहेको प्रस्ट पारेका छन् । उनले खुलेरै एमालेलाई पनि सरकारमा ल्याउनुको औचित्य नभएको बताएका छन् ।

विशेष