राजनीति मुख्य समाचार

रेशम चौधरी अपराधी नै हुन् :एआइजी नेपाल

रेशम चौधरी अपराधी नै हुन् :एआइजी नेपाल

नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरिक्षक तथा प्रदेश नं ७ का प्रहरी प्रमुख माधव प्रसाद नेपालले रेशम चौधरी अपराधी भएको बताएका छन् ।

 

जिल्ला प्रहरी कार्यालय बझाङको हाता भित्र निर्मित महिला तथा बालबालिकाका सेवा केन्द्रको भवन उदघाटनका लागि बझाङ पुगेका प्रहरी महानिरिक्षक नेपालले चौधरीकै नेतृत्वमा टिकापुर नरसंहार भएकाले उनी अपराधी भएको बताएका हुन् ।

 

उनी लगायत घटनामा संलग्नहरुलाई हदै सम्मको सजायको माग गर्दै प्रहरीले अदालतमा मुद्धा दायर गरेको बताउँदै अदालतबाट उनलाई कारबाही हुने अपेक्षा गरिएको उनले बताए ।

 

केही दिन अघि कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेपछि अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा रहेका चौधरीलाई अनसन तोडाउने क्रममा गृहमन्त्रीले जुस खुवाएको दृष्यले के संकेत गर्छ भन्ने पत्रकारको जिज्ञासामा नेपालले राजनीतिक भएकाले त्यस विषयमा बोल्न नमिल्ने बताए ।

 

समाजमा अपराध गर्ने कुनै पनि व्यक्तिले उन्मुक्ती पाउनु हुन्न भन्ने मान्यतामा प्रहरी दृढ रहेको बताउँदै उनले प्रहरी टिकापुर घटनामा प्रहरीले लामो अनुसन्धान गरेर पेश गरेका प्रमाणको आधारमा अदालतले फैसला गर्ने बताए । २०७३ साल भदौमा कैलालीको टिकापुरमा भएको घटनामा एसएसपी सहित ७ जना प्रहरी र एक नाबालकको हत्या गरिएको थियो ।

 

विशेष