पोखरा महानगरको नगरसभामा कांग्रेसको नाराबाजी, नगरसभा स्थगित
पोखरा । पोखरा लेखनाथ महानगरपालिकाको दोस्रो नगरभसभामा नेपाली कांग्रेसले कर्मचारी भर्ना प्रक्रियामा अनियमितता भएको भन्दै नाराबाजी गरेको छ ।
फागुन २७ गते नगरसभामा पेश भएको १८ कानुनमाथि छलफल गर्न बसेको बैठकमा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष तथा सदस्यहरूले प्राविधिक तथा अनमी नियुक्तिमा अनियमितता भएको भन्दै नाराबाजी गरेका हुन् ।
कांग्रेसका जनप्रतिनिधिहरुले नगरसभाको सुरूमै संसदमाजस्तै विशेष समय मागेर प्राविधिक परिक्षा प्रक्रिया गलत भएको भन्दै विरोध गरेपछि मेयर मानबहादुर जिसीले १५ मिनेट सभा स्थगित गरेका थिए ।
त्यसपछि पनि फेरि बसेको बैठकमा कांग्रेस जनप्रतिनिधिले फेरि विरोध गरेपछि मेयर जिसीले बैठक आधा घन्टाका लागि स्थगित गरेका छन् ।
१७० जना जनप्रतिनिधि रहेकाे पाेखरा लेखनाथ महानगरमा ४८ जना कांग्रेसबाट निर्वाचित छन् ।