राजनीति सामाजिक सञ्जाल

सामाजिक सञ्जालमार्फत दबाब नदिन योगेशलाई ओलीको ‘थ्रेट’

सामाजिक सञ्जालमार्फत दबाब नदिन योगेशलाई ओलीको ‘थ्रेट’

काठमाडौं । एमाले सचिव योगेश भट्टराईलाई मन्त्री बनाउनको लागि अहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चौतर्फी दबाब आएको ।

 

दोस्रोपटक मन्त्रिमण्डल विस्तार हुँदा योगेशको पनि नाम पर्ने हल्ला थियो । तर, ओलीले उनलाई मन्त्री बनाएनन् । बरु, उनलाई कारबाहीजस्तो गरि बेवास्ता गरिदिए ।

 


योगेशलाई ओलीले किन मन्त्री बनाएनन् ? भन्नेबारे अहिले चौतर्फी चर्चा भैरहेको छ । सामाजिक सञ्जालमार्फत ओलीलाई योगेशको बारेमा दबाब आएपछि प्रधानमन्त्री ओली यतिवेला रुष्ट बनेका छन् ।

 

स्रोतका अनुसार ओलीले आफूलाई सोसल मिडियामार्फत अनावश्यक दबाब नदिनको लागि योगेशलाई थ्रेट नै दिएका छन् ।

विशेष