अब नयाँ ढंगले पार्टी अगाडि बढ्छ: कमल थापा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अब नयाँ ढंगले पार्टी अगाडि बढाउने बताएका छन् ।
समसामयिक परिस्थिति, हिजोका कमीकमजोरीको समीक्षा गर्दै समाजका वर्ग, धर्म, पेशागत, समाजिक सेवामा पार्टीको महत्वपूर्ण भूमिका रहेर अघि बढ्ने अध्यक्ष थापाको भनाइ छ ।
पार्टीको पाँचौ संयोजित संगठनहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै संयोजित संगठनहरुले राजनीतिक उद्देश्यका कार्यक्रम, संगठनात्मक गतिविधि, प्रशिक्षण, सैद्धान्तिक तथा बैचारिक कार्यक्रमहरुलाई पार्टीको समानान्तर रुपमा अगाडि बढ्नुपर्ने बताए ।
बैशाखमा हुने केन्द्रीय परिषदमा संयोजित संगठनका अध्यक्षहरुलाई आफ्नो संगठनको कार्ययोजना तयार गर्न निर्देशनसमेत दिएका छन् ।
बैठकमा विभिन्न संगठनका अध्यक्ष तथा प्रतिनिधिहरुले पनि कमीकमजोरीलाई सच्याएर संगठनलाई चुस्तदुरुस्त बनाउने बताएका थिए ।