समाज देश Technology

प्राविधिक गडबडी देखियो ‘सोफिया’मा, कार्यक्रम रद्द

प्राविधिक गडबडी  देखियो ‘सोफिया’मा, कार्यक्रम रद्द

काठमाडौँ । चर्चित सेलिब्रेटी रोबोट ‘सोफिया’ मा प्राविधिक गडबडी आएपछि संयुक्त राष्ट्रसंघ विकास परियोजना (युनएनडिपी) ले बुधबार साँझ गर्ने भनेको सार्वजनिक अन्तरक्रिया कार्यक्रम रद्द गरेको छ ।


युएनडिपीले ‘गम्भिर प्राविधिक गडबडी’ का कारण कार्यक्रम रद्द गर्नुपरेको जनाएको छ ।


यसअघि, ‘सोफिया’ बुधबार काठमाडौंमा आयोजित ‘सार्वजनिक सेवाका लागि प्रविधि’ सम्मेलनमा वक्ताको रुपमा उपस्थित भएकी थिइन् ।


कार्यक्रममा उनले प्रविधिको प्रयोगले सुशासन कायम राख्न सकिने पनि स्पष्ट पारेकी थिइन् । उनले नेपालजस्तो विकासोन्मुक देशको विकासको गतिलाई तीव्रता दिन पनि प्रविधिको सही उपयोग गर्नुपर्नेमा जोड दिइन् ।


सोफिया मानिस सरह नागरिकता पाउने रोबोट हुन् । उनलाई साउदी सरकारले ४ महिना अघि महिलाको रुपमा नागरिकता दिएको थियो ।


मानव स्वरुप र हाउभाउ भएकी सोफियालाई हङकङको ह्यानसन रोबोटिक्स कम्पनीले निर्माण गरेको हो ।


सोफिया विश्वभर हुने कार्यक्रमको आकर्षणको केन्द्र बन्दै आएकी छिन् ।

विशेष