समाज मुख्य समाचार

भ्रष्टचारको आरोपमा बिप्लव कार्यकर्ताले दले जिल्ला शिक्षा अधिकारीकाे अनुहारमा कालाेमाेसाे

भ्रष्टचारको आरोपमा बिप्लव कार्यकर्ताले दले जिल्ला शिक्षा अधिकारीकाे अनुहारमा कालाेमाेसाे

बझाङ । बझाङका जिल्ला शिक्षा अधिकारी सूर्य बहादुर सिंहमाथि कालोमोसो दलिएको छ। बिप्लव नेतृत्वको नेकपाको बिद्यार्थी संगठन अखिल क्रान्तीकारीले सिंहमाथि कार्यकक्षमै गएर कालोमोसो दलेको हो ।

 

बुधबार बिहान जिल्ला शिक्षा कार्यलयको कार्यकक्षमा नै गएर कालो मुसो दलिएको प्रत्यक्षदर्शी शिक्षक विरेन्द्र बहादुर सिंहले जानकारी दिए । तीन जनाको समुहमा आएका बिप्लवका कार्यकर्ताले जिल्ला शिक्षा अधिकारी सिंहमाथी कालोमोसो दलेकाे उनले बताए।

 

जिल्ला शिक्षा अधिकारी सिंहले लाखौ रकम भ्रष्टाचार गरेकोले कालोमोसो दलेको अखील क्रान्तिकारीका केन्द्रीय सदस्य विरेन्द्र विकले बताए।

 


भवन, लाईब्रेरेरी र कम्प्युटर वितरणमा लाखौं रुपैया भ्रष्टचार गरेको आरोपमा जिल्ला शिक्षा अधिकारीमाथि कालोमोसो दलेर सांकेतिक कारबाही गरेको विकले बताए।

 

जिल्ला शिक्षा अधिकारी सूर्य बहादुर सिंहले काम छ भन्दै झुक्काएर आफ्नो मुखमा कालोमोसो छ्यापेको बताए।

विशेष