राष्ट्रपति भण्डारीप्रति प्रचण्डको घुमाउरो असन्तुष्टि
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीप्रति घुमाउरो ढंगले असन्तुष्टि व्यक्त गरेका छन्।
फागुन २९ गते भण्डारी राष्ट्रपतिमा वाम गठबन्धनको समर्थनमा निर्वाचित भए पनि आफूले ‘बाध्यता वश’ स्वीकार गरेको आशय दाहालले व्यक्त गरेका हुन्।
५३ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रचण्डले जनयुद्धका बेला जनसरकार प्रमुख दलितलाई बनाएजस्तै अहिले पनि राष्ट्रपति र प्रधानमन्त्री त्यसै समुदायबाट बनाउने आफ्नो इच्छा भए पनि सम्झौता गर्नुपरेको गुनासो गरेका हुन्।
परिवर्तन नै उल्टिने खतरा देखेपछि आफूले बाध्यतावश स्वीकार गरेको उनको भनाइ छ। विश्वका विभिन्न देशमा क्रान्ति पूरै उल्टेको उदाहरण दिँदै दाहालले नेपालमा त्यस्तो अवस्था नआओस् भनेर आफू गैर दलितलाई राष्ट्रपति र प्रधानमन्त्री मान्न तयार भएको बताए।
उनले केही दलित समुदायका व्यक्तिलाई नेतृत्वमा पु याए पनि टिक्न नसकेको गुनासो गरे।