राजनीति मनोरञ्जन

विप्लवकाे डरले सलमान खान नेपाल नआउने

विप्लवकाे डरले सलमान खान नेपाल नआउने

काठमाडौं । बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम स्थगित भएको छ ।

 

विप्लव समूहको चेतावनीलाई कारण देखाउँदै सलमानले नेपाल नआउने सन्देश पठाएपछि आयोजक ओडीसी इन्टरनेसनले ‘दबंग द टुर’ रद्द गरेको हो ।

 

खानको ‘दबंग द टुर’ १० मार्चमा काठमाडौंमा हुने तय भएको थियो । टुँडिखेलमा हुने शोमा अभिनेत्री सानोक्षी सिन्हा, प्रभु देवा, मनिष पल लगायतका कलाकार पनि उपस्थित हुने भनिएको थियो ।

 

विनाशकारी भूकम्प र नाकाबन्दीपछि नेपालको पर्यटन क्षेत्रमा परेको नकारात्मक प्रचार न्यूनिकरण गर्दैै नेपाल सुरक्षित गन्तव्य भएको सन्देश दिन कार्यक्रम गर्न लागिएको थियो । 

विशेष