समाज भिडियो मनोरञ्जन

नेपाली चरित्रः अघिल्लो दिनः सेभ सिरिया, भोलिपल्टः ह्याप्पी होली ! (भिडियो)

‘सिरिया युद्ध’ छोडेर होलीमा यसरी झुमे नेपाली युवा

नेपाली चरित्रः अघिल्लो दिनः सेभ सिरिया, भोलिपल्टः ह्याप्पी होली ! (भिडियो)

काठमाडौं । सिरियामा बमबारी भइरँदा त्यस्तो अमानवीय र क्रुर घटनाको विरोध नेपाली युवाले पनि गरे । सिरियाली बालबालिकाका दारुण दृश्य सामाजिक संजालमा पोष्ट गर्दै नेपालबाटै विरोध जनाइयो ।

 

केही त काठमाडौंका सडकमा उत्रिएर र्याली पनि निकाले । संयुक्त राष्ट्रसंघको कार्यालयअघि पुगेर त्यसबारे बोल्न दबाब पनि दिइयो । यसले नेपाली युवाहरु सिरियाको घटनाप्रति संवेदनशील र भावुक भएको देखियो ।

 

‘प्रे फर सिरिया’, ‘सेभ सिरिया’ जस्ता ह्यासट्याग बनाएरै सामाजिक संजालमा नेपाली युवाले देखाएको सम्वेदना र समवेदनाले सिरियालीको जीवन नबाँचे पनि शासकहरुलाई नैतिक दबाब भने पुग्यो ।

 

तिनै नेपाली युवाहरु भोलिपल्टै होलीको अवसरमा झुम भए । अनुहार र शरीरभरी रंग दलेर दिउसै मादक पदार्थले झुम भएका युवाहरु राजधानीको चोक चोकमा भेटिए । अघिल्लो दिन समवेदना प्रकट गरिरहेका युवाहरु भोलिपल्टै कसरी यतिसम्म उत्तेजित भएर होलीमा झुम हुन सक्छन् ?

 

यसले नेपाली युवाहरुको सिरियाप्रति देखाएको संवेदना आडम्वरी मात्रै थियो भनी आलोचना पनि भयो । जे होस्, सिरिया युद्धले विश्वकै चासो तानिरहेको बेला काठमाडौंमा उन्मत्त भएर मनाइएको होली पर्व सान्दर्भिक देखिएन ।

 

सिरिया होली

विशेष