भारतमा जस्तै ‘राष्ट्रिय सुरक्षा सल्लाहकार’ राख्ने प्रधानमन्त्रीको तयारी
काठमाडौं । केही अवशिष्ट अधिकारसहित अनुसन्धानमूलक महत्वपूर्ण विभागहरु आफू मातहत ल्याएका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालयलाई अन्य देशको जस्तै अत्यधिक शक्तिशाली बनाउने तयारी अघि बढाएका छन् ।
राज्यसत्ताको अभ्यास गर्ने गरी प्रधानमन्त्री ओलीले आफू मातहत केही शक्तिशाली निकायहरु खडा गर्दैछन् ।
प्रधानमन्त्रीनिकट स्रोतका अनुसार भारतमा जस्तै कार्यालय नै खडा गर्ने गरी राष्ट्रिय सुरक्षा सल्लाहकार राख्ने परामर्श भइरहेको छ । यसका लागि प्रधानमन्त्रीको टिमले गृहकार्य थालेेको छ ।
भारतमा राष्ट्रिय सुरक्षा सल्लाहकार मन्त्रीभन्दा शक्तिशाली र सिधै प्रधानमन्त्रीलाई ब्रिफ गर्ने महत्वपूर्ण व्यक्ति मानिन्छन् ।