१५ दिनभित्र प्रदेश कानुन बन्नेः मन्त्री तामाङ
काठमाडौं । कानुनमन्त्री शेरबहादुर तामाङ्ले १५ दिन भित्र प्रदेशका नमुना कानुन बनाईसक्ने बताएका छन् ।
काठमाडौंमा आयाजित कार्यक्रममा बोल्दै मन्त्री तामाङ्गले प्रदेश सरकारले कानुन अभावमा काम गर्न नसकेकोले १५ दिनभित्र कानुन बनाएर पठाउने बताए । उनले नयाँ संविधान अनुसार बनाउनुपर्ने र परीमार्जन गर्नुपर्ने सबै कानुनहरु आगामी आश्विन ३ गतेसम्म बनाईसक्ने पनि दाबी गरे ।
मन्त्री तामाङ्ले अव सबै कर्मचारीले सम्पत्ति विवरण बुझाउने होईन सार्वजनिक गर्ने कानुन ल्याउन लागिएको समेत बताए । सार्वजनिक पद धारण गरेको व्याक्तिले सम्पत्ति विवरण सार्वजनिक गर्दा सुशासन कायम हुने उनको विश्वास छ ।
मन्त्री तामाङ्गले मुलुकमा कानुनको अभावले हैन कार्यान्वयनको अभावले समस्या भएको भन्दै अब न्यायालयमा हुने भ्रष्टाचार रोक्न पनि विधि बनाउने बताए ।