विचित्र विश्व

नेपाली चित्रकारले बनाएकाे मेस्सीकाे चित्र विश्वकै उत्कृष्ट

नेपाली चित्रकारले बनाएकाे मेस्सीकाे चित्र विश्वकै उत्कृष्ट

नेपालका सनिल चित्रकारले अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसीले घोषणा गरेको ‘आर्ट क्याम्पेन’को उपाधि जितेका छन्। ३५ वर्षीय नेपाली चित्रकारले बनाएको मेसीको पोट्रेट विश्वभरका २५ हजार व्यक्तिले बनाएका चित्रमध्येमा उत्कृष्ट घोषित भएको हो।

 

 

बार्सिलोना पेडियाट्रिक क्यान्सर सेन्टरको नयाँ भवन निर्माणमा आर्थिक सहयोग जुटाउन बार्सिलोनाका फरवार्ड मेस्सीले सो अभियान सुरु गरेका थिए। अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवसका दिन पारी गत फेब्रुअरी १५ मा मेसीले सो अभियानको घोषणा गर्दै चित्रसहित भाग लिन आफ्ना फ्यानहरुलाई आग्रह गरेका थिए।

 

यसै वर्ष रसियामा आयोजना हुने विश्वकप फुटबल प्रतियोगितालाई थिम बनाएर विश्वभरबाट चित्रहरु कोरेर मेसीका फ्यान तथा कलाकारहरुले #MessiArt ह्यासट्यागमा सामाजिक सञ्जालहरुमा पोष्ट गरेका थिए।

 

उत्कृष्ट छानिएको नेपालका चित्रकारको चित्रमा मेसीले हस्ताक्षर गरी बार्सिलोना प्याडियाट्रिक क्यान्सर सेन्टरमा प्रदान गरिने बताइएको छ। विजेता बनेका चित्रकारले भने मेसीले आफ्नो हस्ताक्षर तथा सन्देश लेखेको सोही चित्रको प्रतिलिपी पाउनेछन्। 

विशेष