राजनीति मुख्य समाचार

उपेन्द्र यादवको ‘भाउ’ बढेपछी ओलीलार्इ तनाव !

उपेन्द्र यादवको ‘भाउ’ बढेपछी ओलीलार्इ तनाव !

प्रधानमन्त्री केपी शर्मा ओली संघीय समाजवादी फोरमसँग आक्रोसित भएका छन् । पटक–पटक आग्रह गर्दासमेत फोरम सरकारमा सहभागी नभएपछि प्रधानमन्त्री आली फोरमसँग आक्रोसित बनेका हुन् ।

 

फोरमलाई सरकारमा सहभागी गराउनकै लागि मन्त्रालयको संख्या १८ बाट बढाएर २१ वटा पुर्‍याइएका प्रधानमन्त्री ओली फोरमले अनावश्यक भाउ खाजेको निश्कर्षमा पगेको ओली निकट एक एमाले नेताले जानकारी दिए ।

 


उनका अनुसार प्रधानमन्त्री ओली अब फोरम सरकारमा सहभागी हुन आग्रह नगर्ने मनस्थितिमा पुगेका छन् । प्रधानमन्त्री ओलीको भनाइृ उद्धृत गर्दै उनले भने, ‘आए आफै आउँछन्, तर, सरकारमा आउ भनेर उनीहरुलाई बोलाइन्न।’

 


फोरम अध्यक्ष उपेन्द्र यादवले पटक–पटकको आग्रहलाई लत्याएपछि प्रधानमन्त्री ओली आक्रोसित भएका हुन् । फोरमकै सहभागिताका लागि मन्त्रिपरिषद विस्तारमा ढिलाई गरेका प्रधानमन्त्री ओलीले अब सरकारमा सहभागी हुन आग्रह नगर्ने बताएका हुन् ।

 

विशेष