समाज मुख्य समाचार

सुर्खेत–काठमाडौं हवाई भाडादरमा नागरिककाे चर्काे असन्तुष्टि

सुर्खेत–काठमाडौं हवाई भाडादरमा नागरिककाे चर्काे असन्तुष्टि

सुर्खेत । कर्णाली प्रदेशलाई संघीय राजधानी काठमाडौंसँग सीधा हवाई सेवामार्फत जोड्न नयाँ वर्षदेखि सुर्खेत–काठमाडौं सीधा हवाई सेवा सञ्चालनमा ल्याउने तयारी गरिएको छ। तर, सेवा सञ्चालनमा नआउँदै यहाँका नागरिकले भाडादरमा असन्तुष्टि जनाएका छन्।

 

नेपाल वायुसेवा निगम र निजी विमान कम्पनी बुद्ध एयरले सुर्खेत–काठमाडौं सीधा हवाई सेवा सञ्चालन गर्न लागेका हुन्। काठमाडौं–सुर्खेतका लागि नागरिक उड्डयन प्राधिकरणले एकतर्फी भाडा ११ हजार चार सय १९ तोकेको छ। एयरलाइन्स कम्पनी बुद्ध एयरले भने एकतर्फी भाडा ८ हजार ५ सय देखि १० हजार ५ सयसम्म हुने जनाएको छ।

 

तर, स्थानीय नागरिकले भने यी दुवै भाडादर व्यावहारिक नभएको भन्दै आक्रोश पोखेका छन्। भाडादर महँगो भएको भन्दै स्थानीयले सामाजिक सञ्जालमा समेत तीव्र असन्तुष्टि जनाइरहेका छन्।

विशेष