समाज मुख्य समाचार

पुननिर्माण लागेका धुर्मुस-सुन्तली जाेडी अब सरसफार्इमा, पहिलाे दिन हनुमन्तेबाट छ गाडी फोहोर संकलन

पुननिर्माण लागेका धुर्मुस-सुन्तली जाेडी अब सरसफार्इमा, पहिलाे दिन हनुमन्तेबाट छ गाडी फोहोर संकलन

भक्तपुर । हनुमन्ते नदी सफाइको चौथो हप्तामा आज नेपालका चर्चित हास्य कलाकार तथा समाजसेवी सीताराम कट्टेल ‘धुर्मुस’ले ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ सरसफाइमा लागेका छन् ।

 

सूर्यविनायक नगरपालिकाले आयोजना गरेको नदी सफाइ अभियानमा प्रमुख अतिथिको रुपमा आएका कलाकार तथा समाजसेवी धुर्मुसले नेपाल र नेपाली जनता आफ्नो देश निर्माणमा सक्षम रहेको बताउँदै आफ्नो समय र परिस्थितिले साथ दिएमा प्रत्येक हप्ता हनुमन्ते नदी सफाइ अभियानमा संलग्न हुने उद्घोष गरे ।

 

बाराही मन्दिरदेखि राम मन्दिरसम्म भएको सफाइ अभियानमा आज छ गाडी फोहोर संकलन गरिएको छ । १०० हप्ता चल्ने यो अभियानमा नदी मात्र नभई सम्पूर्ण भक्तपुर जिल्लालाई नै सफा र सुन्दर बनाउने बताइएको छ ।

 

अभियानमा भक्तपुर क्षेत्र नं २ का सांसद महेश बस्नेत, सूर्यविनायक नगरपालिकाका प्रमुख तथा आयोजक कमिटिका संयोजक वासुदेव थापा, स्थानीय जनप्रतिनिधि, स्थानीयवासी, विभिन्न संघ संस्थाका प्रतिनिधि, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीलगायतको सहभागिता रहेको थियो । (रासस)

विशेष