कर्णाली प्रदेश इन्चार्जमा जनार्दन शर्मा
काठमाडौं । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश इन्चार्जको जिम्मेवारी जनार्दन शर्मालाइ दिएको छ । यसअघि शक्ति बस्नेत यो प्रदेशको इन्चार्ज थिए । उनी सङ्घीय सरकारमा मन्त्री बनेपछि उक्त जिम्मेवारी शर्मालाइ दिइएको छ ।
माओवादी केन्द्रको तर्फबाट मन्त्रीको सूचिमा परेका नेता शर्मा पद बार्गेनिङमा थिए । कर्णाली प्रदेशको संयोजक तोक्ने पार्टीको आन्तरिक तयारीपछि नेता शर्मा केन्द्रीय सरकारको मन्त्रिमण्डलमा अटाउन सकेका थिएननन् ।