राजनीति

नेपाललार्इ कमजाेर भनेर नहेप : प्रधानमन्त्री अाेली

नेपाललार्इ कमजाेर भनेर नहेप : प्रधानमन्त्री अाेली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको सार्वभौमसत्तालाई अवमूल्यन नगर्न चेतावनी दिएका छन् ।

 

युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण मिसनले खस आर्यको आरक्षण खारेज गर्न सुझाव दिएपछि प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमै आपत्ति जनाएका छन् ।

 

संविधान नेपालको उपलब्धि भएको भन्दै उनले त्यसलाई अवमूल्यन नगर्न चेतावनी दिए । ‘यो नेपालललाई अण्डरमाइन्ड गरेको हो, हेपेको हो’ उनले भने, ‘यसलाई मैले र नेपाली जनताले हेपिएको महसुस गरेका छौं ।’

 

नेपालको विरोधपछि सच्याउँला भन्ने ठानेको तर, ईयू झन् जिद्दीपूर्ण देखिएको उनले बताए । उनले भने, म ईयूलाई विनम्रतापूर्वक आग्रह गर्छु, यसलाई तुरुन्त सच्याउनुपर्छ । नेपाली जनताले अरुबाट हेपिएको महसुस गरेका छन् ।’

 

विशेष