मोरङमा मन्त्रीको गाडीलाई लक्षित गरी बम बिस्फोट
मोरङ । प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे चढेको गाडीलाई लक्षित गरी मोरङमा बम बिस्फोट गराइएको छ । मन्त्री घिमिरे चढेको बा२झ १९४७ नम्बरको गाडीलाई लक्षित गरी बम बिस्फोट गराइएको हो ।
कार्यक्रममा सहभागी हुन बिराटनगरबाट उर्लाबारी जाने क्रममा पूर्व–पश्चिम महेन्द्र राजमार्गको पथरी शनिश्चरे नगरपालिकाअन्तर्गत पर्ने जंगलमा मन्त्री घिमिरेको गाडीमाथि बम प्रहार गरिएको थियो ।
मन्त्री घिमिरेको गाडीभन्दा २०० मिटर अगाडि राजमार्ग छेउमा बम बिस्फोट भएको थियो । अाइतवार विहान १० बजेतिर भएकाे बिस्फोटबाट कुनै मानवीय र भौतिक क्षति नभएको प्रहरीले जनाएको छ ।
-फार्इल तस्वीर