सात वर्षपछि पक्राउ परे भण्डारी दम्पत्तिमाथि गाेली हान्ने सुटर
बुटवल । बुटवलको ब्यस्त बजार जेसिजचोकमा ब्यापारी दम्पत्ति रमेश र आस्था भण्डारी हत्याकाण्डका सुटर पक्राउ परेका छन् । भारतमा लुकेर बसेका उनीहरूलार्इ भारतीय प्रहरीसँगको समन्वयमा उनलाई नेपाल ल्याइएको प्रहरीले जनाएकाे छ ।
पक्राउ पर्नेमा सात वर्ष अघिदेखि प्रहरी 'माेष्ट वान्टेड' सुचीमा रहेका बुटवल सालझण्डीका अर्जुन गौतम रहेका छन् । उनलाई सुनौलीबाट पक्राउ गरिएको रुपन्देही प्रहरीले जनाएकाे छ ।
गौतमसहित ४ जनाको समूहले ९ असार २०६७ मा बुटवलको ब्यस्त बजार जेसिजचोकमा भण्डारी दम्पत्तिमाथि गोली हानेका थिए । आशालाई एक र रमेश भण्डारीलाई २ राउण्ड गोली हानेर यो समूहले ५ लाख १८ हजार रकम लुटेको थियो ।
घटनामा संलग्न दुई जना अहिले पनि जेलमा छन् । अर्जुनका सहोदर दाजु कृष्ण भने अझै फरार छन् । यसअघि गौतम २०६५ पुस २१ गते अटोमेटिक पेस्तोल र गोली १२ राउण्ड सहित पक्राउ परेका थिए ।