चैते दशैं मनाउने प्रचलन धार्मीक रुपमा लोप हुँदै
तेज बोहरा/धनगढी । चैत शुक्लपक्ष प्रतिपदादेखि रामनवमी नवरात्र शुरु हुन्छ, रामनवमीमा भगवान रामको पुजा आराधना गरेर रामनवमीको भोलिपल्ट चैते दशैं मनाउने चलन थियो, गुरु पुरुषोत्तम सापकोटा बताउँछन् किम्बदन्ती अनुसार चैतमा दहि चिउरा खादाँ छेरौटि लाग्ने भएर यो दशैं आश्विनमा सारेको भन्ने अन्धनिश्वास भएपनि कुनै आधार भने छैन ।
सापकोटाले भने अयोध्यामा भगवान राम जन्मिएको उपलक्ष्यमा चैतमा दशैं मनाईन्थ्यो, त्यसपछि भगवान राम १४ बर्ष वनबास बस्दा लङ्काका राजा रावणले सिताको हरण गरेर लकां लिए, त्यसपछि रामले रावणलाई मारेर बिभुषणलाई लकांको राजा बनाएर आश्विन शुक्लपक्षमा दिन राम अयोद्या र्फकिए पछि उक्त तिथिमा चैते दशैंलाई बिजया दशमिमा सारेको भन्ने भनाई छ ।
चैतमा भगवान राम जन्मिएको हुनाले चैतमा दशैं मनाउने गरिन्थ्यो भने, आश्विन शुक्लपक्षका दिन लङ्काका राजा रावणलाई मारेर भगवान राम बिजय भएको उपल्क्षमा बिजया दशमी मनाउन शुरु गरेपछि चैते दशैं मनाउने चलन लोप हुँदै गएको सापकोटाले बताए ।
सनातन धर्मालम्बीहरुले चैते नवरात्रीको वेला रामनवमीको अवसरमा रामायण पाठ गर्ने रामको पुजा गर्ने, राम उत्सव मनाउने पर्व हो । तर कतिपय गाउँ समाजमा खान पिउनपछि लाग्नेहरुले रागाँ, खसीको बलि दिने परम्परा रहेको छ, रामनवमीको अवसरमा व्रत बस्ने, पाठ पुजा गर्ने जस्ता धार्मीक कार्य गर्नुपर्नेमा मान्छेहरु नबुझेर धर्मको नाममा हिंसा निम्त्याउने गरेका धनगढीका केशब शर्माले बताए ।
पहिले पहिले चैते दशैंलाई ठुलो पर्वका रुपमा मनाउने गरेपनि विस्तारै लोप हुँदै गएको बिष्णु प्रियाले बताईन् । उनले भनिन्, 'मान्छेहरुमा मानवता भन्ने चिज नास भैसकेको छ, म पत्रपत्रिका, टि.भी, केहि हेर्दैनन्, हरेक ठाउँमा हत्या हिंसाको मात्रै समाचार आउने गरेको बताईन्', उनले भनिन्, 'यो दशै पशुपंक्षीहरुको लागि दसा बनेर आउने गर्छ, आफुलाई यो सब देखेर दु:ख लाग्ने बताईन् ।'