समाज मुख्य समाचार

सप्तरीका जनप्रतिनिधिले भन्छन् – तलब नपाए आन्दोलनमा उत्रन्छाै

सप्तरीका जनप्रतिनिधिले भन्छन् – तलब नपाए आन्दोलनमा उत्रन्छाै

सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकाका जनप्रतिनिधिहरुले पारिश्रमिक र सेवा सुविधाको माग गरेका छन् ।

 

अविलम्ब पारिश्रमिक नदिइए आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन् ।


पारिश्रमिक र सेवा सुविधा लिन उनीहरुले निर्वाचित पदाधिकारी संरक्षण समिति गठन गरेका छन् । समितिमा वडा सदस्यहरु मात्रै छन् । वडा नम्बर ६ का सदस्य रामसुन्दर मण्डलको अध्यक्षतामा उनीहरुले निर्वाचित पदाधिकारी संरक्षण समिति गठन गरेका छन् ।


समितिको आइतबार बसेको बैठकले स्थानीय सरकारमार्फत प्रदेश सरकारलाई पारिश्रमिक र सेवा सुविधाको माग गर्दै पत्र पठाउने निर्णय गरेको छ । माग अबिलम्ब पूरा नगरिए चरणबद्व आन्दोलनमा उत्रने चेतावनी उनीहरुले दिएका छन् ।


उनीहरुका अनुसार गत फागुन २४ गते सम्पन्न भएको प्रथम नगर सभाले पारिश्रमिकबारे निर्णय गरिएको थियो । नगरपालिकाका प्रमुखलाई ३५ हजार, उपप्रमुखलाई ३० हजार, वडा अध्यक्षलाई २० हजार र सदस्यहरुलाई १५ हजार रुपैयाँ प्रतिमहिना पारिश्रमिक दिइने निर्णय गरिएको थियो ।


उक्त निर्णय अबिलम्ब कार्यान्वयन हुनुपर्ने उनीहरुको माग छ । आफूहरुको माग अबिलम्ब पूरा नगरिए आन्दोलन थालिने निर्वाचित पदाधिकारी संरक्षण समितिका सचिव मानवीर रजकले बताए ।


आइतबार बसेको बैठकमा उपप्रमुख इन्दु यादवको पनि उपस्थिति रहेको थियो । उनले पनि नगर सभाले गरिएको निर्णय कार्यान्वयन हुनुपर्ने माग गरेकी छन् ।

विशेष